काठमाडौ २३ कार्तिक ।
मधेसी मोर्चाले वार्तामा बस्न अस्वीकार गरेपछि सरकारसँग आज हुने भनिएको वार्ता स्थगित भएको छ ।
वीरगञ्ज घटनामा सरकारले माफी माग्नु पर्ने भन्दै मोर्चाले वार्तामा बस्न अस्वीकार गरेपछि आज दिउँसो एक बजेका तय भएको वार्ता स्थगित भएको हो ।
सरकारी वार्ता टोलीका संयोजक एवं उपप्राधानमन्त्री कमल थापाले थप गृहकार्यको आवश्यकता महसुस भएकाले वार्ता स्थगित गरिएको जानकारी दिनुभयो ।
मोर्चाका नेताहरुले भने सरकार स्वयंमले वार्ताको वातावरण विगारेको आरोप लगाएका छन् ।
मोर्चाका तर्फबाट वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले वीरगञ्ज घटनाबारे आफूहरुले उठाएको माग सम्बोधन नभएसम्म वार्तामा सहभागी नहुने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline