तिहार र छठको अवसरमा बजार पसल खोल्न दिने मोर्चाको निर्णय

तिहार र छठको अवसरमा बजार पसल खोल्न दिने मोर्चाको निर्णय

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २३ कार्तिक । 

लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरीमा छठ पर्वसम्मका लागि बजार र वित्तीय संस्थाहरु खोल्न दिने निर्णय गरेको छ ।

भारतीय बजारबाट किसानलाई १५ लिटरसम्म डिजल ल्याउन पनि छुट दिने निर्णय गरेको मोर्चाका एक घटक तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादवले जानकारी दिनुभयो ।

सर्व साधारणलाई दीपावली र छठ पर्व मान्न सहज होस् भन्ने उदेश्यले मंसिर १ गतेसम्म बजार र वित्तीय संस्था खोल्न दिने निर्णय भएको यादवले बताउनुभयो ।

बजार र वित्तीय संस्था खोल्न दिने निर्णय भएपनि अन्य सरकारी कार्यालय बन्द तथा नाकाबन्दीलाई भने निरन्तरता दिइने मोर्चाले जनाएको छ ।

बजार र वित्तीय संस्था खुलेपछि आज बिहानैबाट सदरमुकाम जलेश्वरसहित दक्षिणी क्षेत्रका बजारमा मानिसहरुको चहल पहल बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी