काठमाडौ २३ कार्तिक ।
सरकारी वार्ता टोली र तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज वार्ता हुदैछ ।
सरकारी वार्ता टोलीमा संयोजक समेत रहनु भएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले मोर्चासँग आज सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा वार्ता हुने जानकारी दिनुभयो । यद्यपी वार्ता हुने समय भने तय भएको छैन ।
आजको वार्तामा मोर्चाले गत साता बुझाएको ११ बुँदे माग तथा नाकामा जारी अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ । सिमांकन हेरफेर गर्नुपर्ने मोर्चाको मागमा सरकार सकारात्मक देखिएको छ ।
यसअघिको वार्तामा शिर्ष तहमा छलफल गरिने सहमति बमोजिम वार्ताको वातावरण बनाउन मन्त्री थापाले विपक्षीसँगको छलफल सुरु गर्न लाग्नु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline