आज आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती मनाइदै

आज आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती मनाइदै

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, २३ कात्तिक । 

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।

यसैकारण आजको त्रयोदशीलाई धन त्रयोदशी पनि भनिन्छ । आधुनिक युगसँगै मानिसले प्रकृतिमै पाइने जडीबुटीजन्य औषधिलाई बिर्सन थालेकाले सचेतनाका रुपमा धन्वन्तरी जयन्ती मनाउन लागिएको सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक राजेन्द्रकुमार गिरीले बताउनु भयो ।

नेपाल जलस्रोतपछि अपार जडीबुटीले भरिएको देश भएकाले अब हाम्रै देशमा पाइने जडीबुटीबाट बनेको आयुर्वे्दिक औषधिको प्रवद्र्धन गर्न सरकारले ठोस नीति ल्याउनुपर्ने गिरीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी