३८ ट्याङ्कर पेट्रोल भित्रियो

३८ ट्याङ्कर पेट्रोल भित्रियो

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, २२ कार्तिक ।

एक सातादेखि भारतीय नाका पानीट्याङ्कीमा रोकिएको ३४ ट्याङ्कर पेट्रोलियम पदार्थ आज साँझ पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिएको छ ।

काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आज साँझ ७ बजे २३ ट्याङ्कर डिजेल, आठ ट्याङ्कर पेट्रोल, दुई ट्याङ्कर मट्टितेल र एक बुलेट हवाई इन्धन नेपाल भित्रिएको हो ।

भारतीय नाकाबन्दीका कारण विगत एक सातादेखि काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिन सकेको थिएन ।

त्यस्तै नेपालगञ्जको जमुनाह नाकाबाट आइतबार चार ट्याङ्कर डिजेल भित्रिएको छ । यसअघि शनिबार पाँच दिनपछि पहिलोपटक इन्धनको रुपमा एउटा ग्यास बुलेट भित्रिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी