भारतकै इसारामा मधेश आन्दोल : मैनाली

भारतकै इसारामा मधेश आन्दोल : मैनाली

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

कार्तिक २२ काठमाण्डौं ।  उपप्रधान महिला तथा बालबालिका मन्त्री सिपि मैनालीले मधेश अन्दोलन भारतकै इशराम भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले भारतिय भूमिको प्रयोग गर्दै र भारतकै राजनीतिक दलहरुको सहयोगकै कारण मधेश अन्दोलन भइरहेको उहाँले दावी गर्नु भयो ।
मैनालीले भारतले लगाएको अघोषित नाकाबन्दी एक मधेश एक प्रदेश हुँदै दूइ मधेश सम्म पुगेर नेपालको तराई क्षेत्रलाई आफ्नो अधिनमा पार्ने रणनीति भएको भन्दै मधेश अन्दोलनका नेताहरुसँग नेपाललाई कुनै त्रास नभएको र सिधै दिल्लीसँग त्राास रहेको बताउनु भयो ।
मधेशका जायज माग पुरा गर्न सरकारले सर्वपक्षिय नयाँ समिति गठन गरेर समस्या समाधान गर्न तत्पर रहेता पनि मधेशबादी अन्दोलनकारी नेतृत्वका विभिन्न हठ र भारतको अदृश्य सहयोगी भूमिकाले समस्या समाधान हनु नसकेको उहाँको टिप्पणी थियो ।
भारतले लगाएको अघोषित नाकाबन्दीकाबारे जानेर होस् वा नजानेर अन्तराष्ट्रिय करण भईसकेको र नाकाबन्दी तत्कालै खुल्न सक्ने अवस्था नहरेको भन्दै भारतलाई समेत नाकाबन्दी गलाको पासो बनेको उहाँको ठहर छ ।
फरक प्रसंगमा राजेन्द्र महत्तोले कसरी बंशजको आधारमा नागरिकता पाए भन्ने समेत नेपाली राजनीतिक बृतमा बहस उत्पन्न भएको समेत उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी