बर्तमान संकट बदली दिगो समाधान खोज्न सरोकारवालाको जोड

बर्तमान संकट बदली दिगो समाधान खोज्न सरोकारवालाको जोड

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ ,२२ कार्तिक ।
भारतको अघोषित नाकाबन्दिले नेपालमा पारेको संकटलाई अवसरमा बदल्दै दिगो समाधानको विकल्प खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
काठमाण्डौको संवाद डबलीमा आयोजित “भारतले लागाएको अघोषित नाकाबन्दि पछिको जटिल अवस्था” विषयक अन्कृयामा सहभागि साँसद द्धयले बर्तमान संकटलाई अवसर ठानि अघि बढ्नु पर्ने बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका साँसद रामेश्वर फुयाँलले छिमेकी देश भारतले नेपालमाथि अन्तरािष्ट्रय मुल्य मान्यता बिपरित गरेर ठुलो अन्याय गरेको बताउनुभयो । भारतले भुपरिवेष्ठित मुलुक नेपालमाथी गरेको नाकाबन्दि तत्काल नहटाए यसलाई अन्तरािष्ट्रय करण गर्ने चेतावनी पनि दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका साँसद जगदिशनरसिहँ केसीले नाकाबन्दिले पारेको समस्यालाई सुल्झाउन कांग्रेस आफ्नो ठाउँबाठ लागि परेको बिचार व्यक्त गर्नुभयो । पछिल्लो समय नाकाबन्दि हटाउन कांग्रेसले खुट्टा कमाएको भन्ने बाहिरी हल्लाप्रति कटाक्ष बोल्दै समस्यालाई सुल्झउन कांग्रेस कुटनितिक रुपमा लागि परेको उहाँले बताउनुभयो ।

यस्तै मानवअधिकारकर्मि तुलसि थापाले आफुले नाकाबन्दि प्रभावित १७ जिल्लालाई नजिकबाट नियालेको बताउँदै चाडबाडको बेलामा भोग्नु परेको ठुलो समस्यालाई कुटनितिक रुपमा सुल्झाउन सरकारलाई आग्रह गर्नुभयो । उक्त अवसरमा नजिकिदै गरेको दीपावली र त्यसपछिको छटको अवसरमा सहभागिहरुले शुभकमना साँटासाट गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी