स्वदेशी फूलको मूल्य वृद्धि

स्वदेशी फूलको मूल्य वृद्धि

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २२ कात्तिक ।

नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अघोषितरूपमा गरिएको नाकाबन्दीका कारण भारतबाट पूmल ल्याउन नसक्दा स्वदेशी उत्पादनको मूल्य बढेको छ ।

नेपालमा नयाँ संविधान जारी भएसँगै करिब दुई महिनादेखि भारतले लगाएको नाकाबन्दीका कारण हरेक वर्ष ल्याइने पूmल यस वर्ष ल्याउन नसक्दा स्वदेशी उत्पादनको मागसँगै मूल्य वृद्धि भएको हो ।

असन क्षेत्रमा पूmलको व्यापार गर्दै आउँनुभएका व्यापारीका अनुसार विगतका वर्षमा सयपत्री पूmलको प्रतिमालाको मूल्य रु १५० देखि रु २०० सम्म पर्ने गरेको भएपनि यसवर्ष बढेर रु ३०० सम्म रहेको छ ।

करिव दश वर्षदेखि इन्द्रचोकमा पूmलको व्यापार गर्दै आउनुभएका सिन्धुलीका राजकुमार पाटाले गत वर्षका तुलनामा यसवर्ष पूmलको मूल्य दोब्बरले वृद्धि हुँदा कारोबार गर्न कठिन भएको बताउनुभयो ।

अघिल्लो वर्षमा तिहार सुरू भएसँगै विशेषगरी तिहारमा प्रयोग हुने पूmल गोदावारी, सयपत्री र मखमलीको कारोबारको लागि सहज हुने भएपनि मूल्य वृद्धिका कारण यसपाली उपभोक्ताले पूmलको कारोबार त्यक्ति गरेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी