मधेशवादी दल र थारूको माग जायज हुनः उपराष्ट्रपति पुन

मधेशवादी दल र थारूको माग जायज हुनः उपराष्ट्रपति पुन

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,२२ कात्तिक ।

उपराष्ट्रपति नन्दबहादुर पुनले मधेशवादी दल र थारू समुदायले उठाएका माग राजनीतिक रुपमा जायज भएको बताउनुभएको छ ।

आज आफूलाई बधाइ दिन उपराष्ट्रपति कार्यालय पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग कुरा गर्दै उपराष्ट्रपति पुनले मधेशवादी दल र थारू समुदायले उठाएका माग राजनीतिक रुपमा जायज भएकाले सरकारले वार्ता गरी संविधान संशोधन गरेर माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले आन्दोलनरत दलहरुसँगको वार्तालाई थप तिब्रता दिन सरकारलाई सुझाव समेत दिनुभएको छ ।

उपराष्ट्रपति पुनले संविधान निर्माणमा जस्तै संविधानको कार्यान्वयनमा पनि संचारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले संचार माध्यमको सकारात्मक सहयोगका कारण संविधान जारी गर्न सम्भव भएको पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी