भारतीय हस्तक्षेप विरुद्ध भण्डाफोर अभियान चलाउदै रष्ट्रिय युवा जनस्वयम्सेवक

भारतीय हस्तक्षेप विरुद्ध भण्डाफोर अभियान चलाउदै रष्ट्रिय युवा जनस्वयम्सेवक

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, २२ कार्तिक ।

नेत्रविक्रम चन्द विक्रम ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकले विभिन्न वहानामा भारतले नेपालमाथि गरिरहेको नाकाबन्दीका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

हालै बसेको राष्ट्रिय युवा जनस्वयम्सेवकको तेस्रो पुर्ण बैठकले नाकावन्दी मार्फत भारतले नेपाली राजनीतिमा गर्न खोजेको हस्तक्षेपको विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय युवा जनस्वयम्सेवकका अध्यक्ष झक बहादुर मल्लले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै खुला सिमाना नियमनका लागि सशस्त्र सिमा सुरक्षा वल गठन गर्न सरकारसंग माग गर्ने र उक्त कार्यका लागि सरकारले पहल गरेमा कम्तिमा ६ महिना सम्म एक लाख स्वयंसेवक परिचालन गर्ने समेत जनाएको छ ।

चाडबाडका बेला अत्यावश्यकिय वस्तुहरु औषधि, पेट्रोलियम पदार्थ र एल पि ग्याँस आयात गरि जनजीवन सहज वनाउन राष्ट्रिय युवा जनस्वयम्सेवकले सरकारसंग माग गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “देशको यो संकटपुर्ण अवस्थाको दुरुपयोग गरि विराट पेट्रोलियमलाई इन्धन आपुर्तिका लागि दिइएको अनुमति तत्काल खारेज गर्न माग गर्दै वजारमा भइरहेको कालो वजारीका विरुद्ध संघर्ष सञ्चालन गर्ने तयारि समेत गरिएको छ ।”

बैठकले राज्यका विभिन्न क्षेत्रमा वढीरहेको माफिया, दलालीकरण र भ्रष्टचारका विरुद्धको संघर्षलाई तिव्रता प्रदान गर्ने समेत निर्णय गरेको अध्यक्ष मल्लले बताउनुभयो ।
रहदासम्म केहि नगर्ने काग्रेसले अहिले त मधेशका माग सम्बोधन गर भन्दै पो हिड्न थालेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी