नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

  • शनिबार, कार्तिक २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ, २१ कात्तिक । निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा यो साता केही सुधार भएको छ । नेपाल–भारतको सीमा क्षेत्रमा भएकोे पारवहन असहजताका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण पुँजी बजारमा पनि त्यसको नकारात्मक असर परेको हो ।

गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २९.०१ अङ्कले ओरालो लागेको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३८ अङ्कले उकालो लागेर अन्तिम दिन १०९०.६८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनी छ हजार २८४ कारोबारबाट रु ९२ करोड ५९ लाख १५ हजार बराबरका १८ लाख ३८ हजार चार सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५.१२ प्रतिशत बढि हो ।

गत साता ११६ कम्पनीको कारोबार भएको थियो । जस अनुसार पाँच ६४७ कारोबारबाट रु ८० करोड ४४ लाख ३५ हजार बराबरका १३ लाख २७ हजार दुई सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक समुहको परिसूचकमा २.६७, वित्तको १.९४ र होटल समुहको पाँच अङ्कले ओरालो लागेको स्टक एक्सचेन्ज लिमिटेडले उल्लेख गरेको छ ।

त्यस्तै विकास बैंक समुहको १.७२, जलविद्युत कम्पनीको ४०.०७, बिमा ६.३५, उत्पादनमुलक समुहको परिसूचकमा २६.९८ र अन्य समुहको परिसूचकमा १७.६२ अङ्कले उकालो लागेको छ । तर व्यापार समुहमा कुनै परिवर्तन आएको छैन ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.५६ अङ्कले बढेर २३५.७८ अङ्कमा आईपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा पनि नेपाल बङ्गलादेश बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा वरुण हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । रा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी