काठमाडौं, २१ कार्तिक ।
नयाँ सरकार गठन भएको ३ सातापछि सरकारले भुकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्वन्धी विद्येयक संसदमा पेश गर्ने तयारी गरेको छ ।
व्यवस्थापिका संसदको भोली बस्ने बैठकमा पुननिर्माण सम्बन्धी विद्येयक पेश हुने प्रारम्भिक कार्यसुची संसद सचवालयले तयार पारेको छ ।
भोली बिहान ८ बजे बिद्यायन समितिको बैठक बस्ने र त्यो बैठकले अन्तिम रुप दिएपछि संसदमा पेश हुने संसद सचिबालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।
४० बढी बिधयेकसचिबालयमा बिभिन्न प्रक्रियामा रहेका छन । प्रक्रियमा रहेका बिद्येयकलाई सरकारले प्राथमिकताका आधारमा संसदमा पेश गर्ने प्रबक्ता गौतमको भनाई रहेको छ । व्यावस्थापिका संसदको बैठक भोली ११ बजेका लागी बोलाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline