काठमाडौ २१ कार्तिक ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भारतलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपालले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भारतले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्ने काम बनद गर्न आग्रह गर्नुभएको हो ।
नेपालको मामिलामा भारतले अनावश्यक दबाव र आदेश दिन खोजेको भन्दै नेता नेपालले अर्काको देशमा हस्तक्षेप गर्नु उचित नभएको बताउनुभयो ।
तराई मधेशमा जारी आन्दोलनमा भारतीय नागरिकहरु पेट्रोल सहित भेटिनु गम्भिर कुरा भएको बताउनु हुदै उहाँले भारतले यसको जवाफ दिनुपर्ने धारणा राख्नुभएको छ ।
मधेसमा उठेको आन्दोलन समग्र मधेसको नभई केही मधेस केन्द्रीत दलको स्वार्थमा मात्र भएको नेता नेपालको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline