काठमाडौ २१ कार्तिक ।
तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारी वार्ता टोलीसँग भोली हुने वार्तामा सहभागी नहुने जनाउ दिएको छ ।
व्यवस्थापिका संसदमा संविधान संशोधनको प्रक्रियामा हुने प्रगतिलाई हेरेर मात्रै अर्को चरणको वार्ता प्रक्रिया अघि बढाउने मोर्चाले संकेत गरेको हो ।
मोर्चाका तर्फबाट वार्ता टोली सदस्य सर्बेन्द्रनाथ शुक्लले सरकार गमिभर नदेखिएको भन्दै वर्तमान अवस्थामा वार्तामा बस्नुको औचित्य नहुने बताउनुभयो ।
गत सोमबार बिरगन्जमा भएको घटनापछि पनि सरकार संवेदनशील नभएको भन्दै शुक्लले संसदमा भोलीको घटनाक्रमले अर्को वार्ताको वातावरण बनाउने बताउनु भयो ।
मोर्चाले आफूहरुको माग सम्बोधनका लागि सरकार अघि बढेपछि मात्रै वार्ताबारे थप निर्णय गर्ने तयारी गरेको छ ।
मोर्चाले सरकारसँगको वार्ता प्रक्रिया तत्कालका लागि स्थगित गरी थप रणनिति बनाउनका आजै मोर्चालाई समर्थन गर्ने साना दलहरुको बैठक बोलाएको छ ।