काठमाडौ २१ कार्तिक ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटवार्ता गर्दै हुनुहुन्छ ।
नयाँ शाक्ति निर्माणको अभियानमा जुट्नु भएका भट्टाराई र प्रधानमन्त्री ओलीबीच आज बिहान भेटवार्ता हुन लागेको हो ।
आज बिहान १० बजेपछि बालुवाटार स्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र भट्टाराईबीच भेट हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
भेटमा भट्टाराईले पछिल्लो राजनितिक अवस्था, तराई मधेशमा जारी आन्दोलन र समस्या समाधनका विषयमा प्रधानमन्त्री आलीसँग छलफल गर्नुहुने बताइएको छ ।
एकिकृत नेकपा माओवादी पार्टी परित्याग गरी नयाँ शाक्ति निर्माणको अभियानमा जुट्नु भएका भट्टाराई आजै दिउँसो जनकपुर जाने कार्यक्रम रहेको छ । भट्टराईले जनकपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।