बेकह्यामले विद्यार्थीसँग फुटबल खेले

बेकह्यामले विद्यार्थीसँग फुटबल खेले

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भक्तपुर, २० कात्तिक । बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले आज यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेल्नुभएको छ ।

उहाँले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेल्नुभएको हो ।

उहाँले एसियाली मुलुकको नेपाल छानेको र त्यसमा पनि भक्तपुरको ऐतिहासिक स्कुलका पीडित विद्यार्थीसँग फुटबल खेलेकामा गर्व लागेको स्कुलका प्राचार्य राम हाडाले बताउनुभयो ।

बेकह्यामले स्कुलमा गएर भूकम्पीय क्षतिबारे जानकारी लिनाका साथै भूकम्पपीडित विद्यार्थीसँग कुरा पनि गर्नुभयो ।

बिबिसीको संयोजनमा युनिसेफका सद्भावनादूत समेत रहनुभएका बेकह्याम भूकम्पपछिको अवस्थाबारे बुझ्न र बिबिसीको युनिसेफले निर्माण गर्न लागेको वृत्तचित्र छायाङ्कनका लागि नेपाल आउनुभएको हो ।

बेकह्याम आज बिहान त्रिभुवन विमानस्थल उत्रिएर सिधै भक्तपुर आउनुभएको थियो । बेकह्याम विमानस्थलबाट भक्तपुरको सल्लाघारीसम्म माइक्रोबस र सल्लाघारीबाट सफा टेम्पो चढेर दरबार स्क्वायर आउनुभएको थियो । उहाँलाई हेर्न सर्वसाधारणको निकै घुइँचो लागेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी