राष्ट्रियता, र नागरिकको हितलाई सर्वोपरि ठान्न प्रहरीलाई आग्रह

राष्ट्रियता, र नागरिकको हितलाई सर्वोपरि ठान्न प्रहरीलाई आग्रह

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २० कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सशस्त्र प्रहरी बल स्थापनाको छोटो अवधिमै जनताका बीचमा सशक्त ढङ्गले स्थापित भएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको आज निरीक्षणपछि बलका उच्च अधिकृतलगायत अन्य अधिकृतलाई निर्देशन दिँदै गृहमन्त्री बस्नेतले व्यावसायिक कार्यक्षमता र कार्यकुशलताले सशस्त्र प्रहरी बल गौरव गर्न लायक सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको उल्लेख गर्नुभयो ।

“हरेक दुःख सुखमा सुरक्षा फोर्स जनताको बीचमा हुन्छ भन्ने कुरालाई हालै गएको विनाशकारी भूकम्पको विपत्तिमा सशस्त्र प्रहरी बलले मानवीय संवेदनशीलतालाई आत्मसात् गरी गरेको उत्कृष्ट कार्यले समेत दर्साउँछ’ मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले राष्ट्रियता, लोकतन्त्र, सार्वभौमिकता र नागरिकको हितलाई सर्वोपरि ठानी जनताको आकाङ्क्षा अनुरुप आगामी दिनमा अझै सक्रिय, विवेकशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाहमा प्रतिबद्ध रहन प्रहरी बललाई निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी बलले एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भई जिम्मेवार ढङ्गबाट कार्य गरिरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बलको जनशक्ति मुलुका ५६ जिल्लामा परिचालित रहेको जानकारी दिँदै शान्ति सुरक्षा र अमनचयन कायम गर्दै नागरिकमा प्रभावकारी सुरक्षा, सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रहरी बल अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी