आन्तरिक उडानमा समस्या आउँदैन : निगम प्रवक्ता

आन्तरिक उडानमा समस्या आउँदैन : निगम प्रवक्ता

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २० कात्तिक । नेपाल वायु सेवा निगमले भारतको कोलकाताबाट हवाइ इन्धन आयात गरिरहेकाले आन्तरिक उडानमा समस्या नहुने भएको छ ।

निगमले दैनिक दुई उडान गरेर ४० टन इन्धन आयात गरिरहेको छ । भारतको कोलकाताबाट आयात गरेको इन्धन आन्तरिक उडानका लागि प्रयोग भइरहेको छ ।

निगमका प्रवक्ता रामहरि शर्माले केही स्थानको उडान कटौती गरेर भए पनि आन्तरिक उडान चालु राख्ने बताउनुभयो । रासससँग कुरा गर्दै प्रवक्ता शर्माले हवाइ इन्धन सोचेजति आयात नभए पनि केही दिनका लागि आन्तरिक उडान प्रभावित नहुने बताउनुभयो ।

निगमले हालसम्म भारतबाट सात लाख लिटरभन्दा बढी इन्धन आयात गरेको प्रवक्ता शर्माको भनाइ छ । नेपाल वायु सेवा निगमले दैनिक चार उडान गरेर भए पनि इन्धन आयात गर्ने जनाएको छ ।

नेपाल आयल निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाले ५० प्रतिशत उडान कटौती गर्न आन्तरिक विमान सञ्चालकसँग आग्रह गरेको थियो ।

आइतबारबाट आन्तरिक उडान कटौती हुँदा अनलाइनमा टिकट काटेका यात्रु मर्कामा पर्ने भन्दै निर्णय पुनःविचार गर्न आग्रह गरेको थियो ।

नेपाल आयल निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाका प्रमुख प्रदीप यादवले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज साँझ बसेको अर्को बैठकले नेपाल वायु सेवा निगमले दैनिक तीन उडान गरी इन्धन आयात गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

शनिबारबाटै निगमले काठमाडौँ–कोलकाता तीन उडान गर्ने भएको छ । तीन उडानबाट ९० टन इन्धन आयात हुन्छ । प्रमुख यादवले तत्काल तीन उडान गरे पनि आइतबारबाट चार उडान गर्ने तयारी गरेको छ । नेपाल आयल निगमसँग द्विपक्षीय सम्झौता गरेर भारतको कोलकाताबाट हवाइ इन्धन आयात गर्दै आएको छ ।

आन्तरिक उडान सञ्चालनका लागि दैनिक एक लाख ४० हजार लिटर इन्धन आवश्यक पर्छ । अत्यावश्कीय सेवाका रुपमा रहेको हवाइ उडानलाई समस्यामा पर्न नदिन सबै खालको प्रयत्न गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी