अन्तराष्ट्रिय कानुन मिचेर भारतले नेपाल माथी अत्याचार गर्यो : नेपाल

अन्तराष्ट्रिय कानुन मिचेर भारतले नेपाल माथी अत्याचार गर्यो : नेपाल

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

दाङ, २० कार्तिक ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानको बिषयलाई लिएर भारतले नेपाल माथी अन्तराष्ट्रिय कानुन मिचेर अत्याचार गरेको बताउनुभएको छ ।

दाङको घोराहीमा आज एमालेले आयोजना गरेको शुभकामना आदान(प्रदान कार्यक्रममा नेता नेपालले अब भारतसँगको आयात निर्भरता तोडिएको भन्दै उसको दादागिरीमा नेपाल र नेपाली नझुक्ने स्पष्ट पार्नुभयो ।

उहाले मधेसमा आन्दोलन गरीरहेकाहरुप्रति लक्षित गर्दै तातो दिमागले नभई ठण्डा दिमागले संविधान पढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले सधैभरी मागेर खाने र अर्काको भरपर्ने प्रवृतिको अब अन्त्य गर्नुपर्ने बताउनुभयो ।

भारतले गरेको नाकाबन्दीबाट पाठ सिकेर दीर्घकालीनरुपमा आत्मनिर्भर बन्ने कुरामा ध्यान दिदै विकल्प खोज्नु पर्ने उहााको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी