तेलको अभावले आइतबारदेखि आन्तरिक उडान बन्द हुँदै

तेलको अभावले आइतबारदेखि आन्तरिक उडान बन्द हुँदै

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, २० कात्तिक ।

हवाइ इन्धनको अभाव भएपछि आइतबारदेखि निजी विमान कम्पनीका आन्तरिक उडान बन्द हुने भएका छन ।

आइतबारदेखि सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमात्रै सुचारु हुने नेपाल आयल निगम हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले बताउनु भयो ।

यादवका अनुसार अहिले डिपोमा १४० किलोलिटर मात्र हवाइ इन्धन मौज्दात छ । आयल निगमले शनिबार ५० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउने, तर आइतबारदेखि तेल दिन नसक्ने जनाएकाले आइतबारदेखि आन्तरिक उडान बन्द हुने यादवलेको भनाई छ ।

नेपाल एयरलाइन्सले सम्झौता अनुसार इन्धन नल्याइदिँदा आन्तरिक उडान पनि बन्द गर्नुपर्ने बाध्यता भएको उहााले बताउनुभयो ।

भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन संकट टार्न र आन्तरिक उडान नियमित गराउन भन्दै निगमले अन्तर्रा्ष्ट्रिय उडानलाई यसअघि नै हवाइ इन्धन उपलब्ध गराउन छाडिसकेको छ ।

नेपाल एयरलाइन्सले कार्गो उडान गरी बोकेको इन्धनबाट चलेको आन्तरिक उडानलाई समेत आइतबारदेखि इन्धन उपलब्ध गराउन नसक्ने अवस्थामा निगम पुगेको छ ।

अन्तर्रा्ष्ट्रिय उडान भर्ने कम्पनीहरुले विभिन्न ठाउँमा प्राविधिक अवतरण गरी इन्धन भरेर उडान गरिरहेका छन् ।

यसरी उडान भर्दा खर्च दोब्बर भएको भन्दै अन्तर्रा्ष्ट्रिय वायुसेवा सञ्चालकहरुले यथासक्य चाँडो इन्धनको जोहो गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल एयरलाइन्सले प्रयाप्त हवाई इन्धन ल्याउन नसकेको आरोप लगाउँदै आयल निगमले पेट्रोलिम्याक्सलाई इन्धन आपूर्तिको जिम्मा दिएपछि नेपाल एयरलाइन्स असन्तुष्ट बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी