नेपालप्रतिको व्यवहारलाई लिएर भारतीय कम्युनिष्ट पार्टीले गर्यो मोदी सरकारको कडा आलोचना

नेपालप्रतिको व्यवहारलाई लिएर भारतीय कम्युनिष्ट पार्टीले गर्यो मोदी सरकारको कडा आलोचना

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

कार्तिक, २० काठमाडौं ।

नेपालप्रति लिएको नीतिलाई लिएर भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ । मोदी सरकारले नेपालप्रति हेपाहा नीति लिएको उसले बताएको छ ।

कम्युनिष्ट पार्टीले आफ्नो मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’मा सम्पादकीय नै लेखेर मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालका मधेसी दलहरुलाई सहयोग गरेको बताएको छ ।

‘नरेन्द्र मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालसँगको सुमधुर सम्बन्ध बिगार्ने गरी मधेसीलाई समर्थन गरेका छन, जो बिहारको सीमा क्षेत्रमा छन् ।’
उसले उल्लेख गरेको छ, ‘नेपाललाई चीनतिर जान बाध्य पारिएको छ र चीनबाट एक हजार मेट्रिक टन पेट्रोल ल्याउन सम्झौता भएको छ,।

भारतको नाकाबन्दीविरुद्ध असन्तुष्टि जनाउन नेपालका परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघ गएका छन् । सार्कका अधिकांश देशले नेपाली जनतामाथि लादिएको नाकाबन्दीबारे चासो व्यक्त गरेका छन’ सम्पादकीयमा भनिएको छ ।

भारतीय कम्युनिष्ट पार्टी सन् २००४ को चुनावपछि कांग्रेस आईसँगको गठवन्धन सरकारमा सामेल थियो । सो पार्टीका महासचिव प्रकाश करात र नेता सीताराम यचुरी लगायतका नेताले नेपालको शान्ति प्रकृयामा सहजीकरणको भूमिका खेलेका थिए ।

पिपुल्स डेमोक्रेसीले केही परराष्ट्रविदहरुसँग पनि कुराकानी गरेको छ, जसले भारतका कारण नेपाल चीनतर्फ ढल्किएको भन्दै चिन्ता जनाएका छन् । पछिल्लो दिनमा भारतीय नागरिक समाजले मोदी सरकारको गलत विदेश नीतिका कारण नेपालमा भारतविरुद्ध जनमत बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भारतका पूर्वन्यायाधीश, पत्रकार तथा राजनीतिक दलका नेताहरुले नेपालसँग हेपाहा व्यवहार नगर्न सरकारलाई आग्रह गर्दै आएका छन् ।

नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले झण्डै दुई महिनायता नेपालमा नाकाबन्दी लगाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी