एमालेसँगको सहमति तोड्नु अक्षम्य भुल: नेत्री कोइराला

एमालेसँगको सहमति तोड्नु अक्षम्य भुल: नेत्री कोइराला

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ २० कार्तिक ।  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले एमालेसँगको सहमति तोड्नु नेपाली काँग्रेसको इतिहासमै अक्षम्य भुलका रुपमा रहने बताउनुभएको छ ।

मोरङको राजघाटमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान कार्यान्वयन नभएसम्म सहमति तोड्न नहुने बताउनुभयो ।

संविधानलाई मूलधारमा ल्याएरमात्र पक्ष प्रतिपक्षको राजनीति गर्नुपर्ने धारणा राख्दै उहाँले मिलेर संविधानको कार्यान्वयमा लाग्ने बेला एमालेसँगको सहमति गलत समयमा तोडिएको उल्लेख गर्नुभयो ।

गठबन्धन तोडेकै कारण मुलुक गहिरो सङ्कटमा पुगेको भन्दै नेत्री कोइरालाले शिर्ष नेताको पद लोलुपताले पार्टीसमेत अप्ठ्यारोमा परेको कोइरालाको धारणा राख्नुभयो । पटक पटक पार्टीको महाधिवेशन सारेर नेतृत्वले कार्यकर्तालाई समेत धोका दिएको नेत्री कोइरालाको आरोप थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी