चीनसँग थप ७ व्यापारिक नाका खोल्ने सम्झौतामा हस्ताक्षर

चीनसँग थप ७ व्यापारिक नाका खोल्ने सम्झौतामा हस्ताक्षर

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, १९ कार्तिक ।

नेपाल र चीनबीच सात वटा व्यापारिक नाका सहज बनाउने तथा नेपाली वस्तुमा भन्सार छुट दिने सम्झौतामा आज काठमाडौंमा हस्ताक्षर भएको छ ।

संखुवासभाको किमाथाङका, मुस्ताको कोराला, ताप्लेजुङको ओलाङ्चुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर तथा मुगु नाका व्यापारिक प्रयोजनका लागि खुला गर्ने सम्झौतामा दुवै पक्षबीच हस्ताक्षर भएको हो।

चीनसँग अहिले दोहोरो व्यापार गर्न तातोपानी र केरुङ नाका स्थापित छन्। भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्ने तयारी भइरहेको छ । केरुङ नाकालाई अन्तर्रा्ष्ट्रिय स्तरको बनाउने गरी स्तरउन्नति गर्न तथा तातोपानी नाका छिटै सञ्चालन गर्न दुवै पक्षबीच सहमति भएको छ ।

सम्झौतापत्रमा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना तथा चीनको ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोईले हस्ताक्षर गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी