काठमाडौं, १९ कार्तिक ।
भारतले सीमा नाकाहरुमा कडाइ गरेपछि ग्यास बुलेटहरु आउन छाडेपछि आधा सिलिण्डर ग्यास वितरण गर्ने सकारको निर्णय पनि प्रभावित हुने भएको छ ।
वीरगञ्जमा सोमबार भएको तनावपछि भारतले सबै सीमा नाकाहरुमा कडाइ गरेको छ ।
निगमले रक्सौलमा रोकिएका मध्ये ५८ वटा ग्यास बुलेट रि(रुटिङ गरी काठमाडौं ल्याउने क्रम जारी रहेको समयमा नाकाहरु ठप्प भएको नेपाल आयल निगमका ग्यास वितरण विभागका प्रमुख मुकुन्द घिमिरेले मिर्मिरेलाई बताउनुभयो
निगमले तराईमा न्युनतम् ग्यास दिएर काठमाडौंको ग्यास संकट हटाउने गरी ७ दशमलव १ किलो ग्रामका आधा सिलिण्डर ग्यास बिक्री सुरु गरेको थियो । भारतबाटै ग्यास आउन छाडेपछि आधा सिलिण्डर ग्याँस वितरण कार्य पनि हुन नसक्ने विभागका प्रमुख घिमिरेको भनाई छ ।
नेपाल आउने क्रममा रहेका ग्यास बुलेटहरु विभिन्न नाकामा अलपत्र छन् । सुनौलीमा १८, रुपैडियामा २१ र जोगबनी नाकामा १६ बुलटे ग्यास रोकिएका छन् भने वीरगञ्जमा २ सय ८ बुलेट ग्यास अलपत्र छ ।