अङ्गीकृत नागरिक संवैधानिक प्रमुख बन्न सक्दैन : पोखरेल

अङ्गीकृत नागरिक संवैधानिक प्रमुख बन्न सक्दैन : पोखरेल

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

विराटनगर, १९ कार्तिक ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अहिले मुलुकलाई कमजोर बनाउन अवाञ्छित ढङ्गले अन्योल खडा गरी भ्रम सृजना गरिएको बताउनु भएको छ ।

विराटनगरमा आयोजीत सम्मान कार्यक्रममा बोल्दै उहाले अङ्गीकृत नागरिक संवैधानिक प्रमुख बन्न नसक्ने बताउनु भयो ।

उहाले अङ्गीकृत नागरिकले संवैधानिक प्रमुख बाहेक अन्य प्रकारका सम्पूर्ण व्यवस्था पाउने बताउनु भयो । वैवाहिक अङ्गीकृत नागरिकता पनि सामान्य प्रक्रिया पूरा गरी प्राप्त गर्ने व्यवस्था रहेको छ उहाले बताउनु भयो ।

महासचिव पोखरेलले राष्ट्रिय स्वाभिमान र संविधानको पक्षमा उभिनेहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने आजको राष्ट्रिय आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले सङ्क्रमणकालको अवस्थामा मुलुकलाई कमजोर बनाउन खोजिएको र अवाञ्छित ढङ्गले अन्योल खडा गरी भ्रम सृजना गरिएकाले यस्तो समयमा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुइँटेललाई जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभयो ।

प्रेस चौतारी नेपाल, मोरङ र मैनाली परिवारद्वारा संयुक्त रुपमा प्रदान गरिएको सम्मानपत्रसहित सो पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ । यसअघि यो पुरस्कारबाट ६ जना पत्रकार सम्मानित भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी