प्रहरीसँगको भिडन्तमा ज्यान गुमाएका लिम्बूको शव परिवारले लगे

प्रहरीसँगको भिडन्तमा ज्यान गुमाएका लिम्बूको शव परिवारले लगे

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

ताप्लेजुङ, १९ कात्तिक ।

मङ्लबार साँझ प्रहरीसँगको दोहोरो भिडन्तमा ज्यान गुमाएका हाराहाङ नेतृत्वको आपराधिक समूहमा आबद्ध खेजेनिम–३ का २५ वर्षीय समिर लिम्बूको शव आज उनको परिवारलाई जिम्मा लगाइएको छ ।

लिम्बूकी दिदी चन्द्रकला लिम्बूलाई शव परीक्षण गरी जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो । मङ्गलबार साँझ जिल्लाको सान्थाक्रा गाविसमा देउमान लिम्बू हाराहाङ नेतृत्वको आपराधिक समूहसँग प्रहरीको भिडन्तमा लिम्बूको ज्यान गएको थियो । सो आपराधिक समूहको खोजी गर्दै पुगेको प्रहरीमाथि लुकेर बसेका सो समूहका सदस्यले गोली चलाएपछि दोहोरो भिडन्त भएको थियो ।

भिडन्तका क्रममा मृतक लिम्बूका साथ र घटनास्थलबाट विभिन्न विस्फोटक पदार्थसहितका सामान बरामद गरिएको थियो । सो आपराधिक समूहले लेकाली गोठमा लुकेर बस्ने र गाउँगाउँमा आएर चन्दा असुल्ने, लुटपाट गर्ने, धाकधम्की देखाउँदै हिँड्ने गरेको प्रहरीले जनाएको छ । इखावु घर भएका देउमान लिम्बू हाराहाङ भनिनेको विरुद्धमा ज्यान मार्ने उद्योग, डकैतीसमेत गरी यस जिल्लामा तीनवटा मुद्दा छन् भने अन्य जिल्लामा पनि दर्जनौँ मुद्दा रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी