प्रधानमन्त्री ओली र दातृ निकायका प्रतिनिधिहरुबीच छलफल

प्रधानमन्त्री ओली र दातृ निकायका प्रतिनिधिहरुबीच छलफल

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,१९ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित विभिन्न दातृ निकायका प्रतिनिधिहरुबीच आज छलफल भएको छ ।

भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकमा आर्थिक जोखिम बढ्दै गएकोप्रति चासो राख्दै नेपालस्थित विभिन्न देशका प्रतिनिधिले छलफल गरेको हुन ।

सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले भुकम्पपछिको पुर्ननिर्माण कार्यलाई अघि बढाउने विषयमा कुराकानी गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

छलफलमा दातृनिकायका प्रतिनिधिलाई प्रधानमन्त्रीले भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको विकास निर्माणमा परेको असरका बारेसमेत जानकारि गराउनु भएको थियो ।

छलफलमा बेलायत, नर्र्बेे, जपान, अमेरिका लगाएतका दातृ निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैबीच पुर्ननिर्माण प्राधिकारण गठनका विषयमा आजै विधेयक समितिमा छलफल हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी