सिरहामा आमहडतालबिच विद्यालय खुल्ने

सिरहामा आमहडतालबिच विद्यालय खुल्ने

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१९ कात्तिक ।

आमहडतालका कारण करिब ८३ दिनदेखि बन्द रहेका सिरहा जिल्लास्थित विद्यालय सञ्चालन हुन दिन सर्वपक्षीय सहमति भएको छ ।जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन, अधिकारकर्मी, सञ्चारकर्मीसँगको सर्वपक्षीय छलफलका क्रममा जिल्लाका विद्यालय सञ्चालन हुन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय बन्द नगराउने सहमति भएकाले तत्काल विद्यालय सञ्चालन गर्न प्रजिअ डा विश्वकर्माले विज्ञप्तिमार्फत आह्वानसमेत गर्नुभएको छ । संयुक्त मधेसी मोर्चाको आह्वानमा जारी अनिश्चितकालीन आमहडतालका कारण जिल्लास्थित विद्यालय बन्द हुँदा लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको छ ।

यस्तै चाडपर्वलाई दृष्टिगत गरी राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाउनुका साथै जुवातास नखेल्नसमेत सबैसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी