विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या

विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,१९ कात्तिक ।

बैतडीको पाटन नगरपालिका– ६ मा रहेको गुजर माध्यमिक विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ ।

विसं २०११ मा स्थापना भएको सो विद्यालयमा विसं २०५७ मा डिएफआइडीको सहयोगमा बनेको तीनकोठे भवन र जिल्ला शिक्षा कार्यालयको सहयोगमा बनेका दुईकोठे भवन जीर्ण अवस्थामा रहेकाले पठनपाठन गर्न समस्या भएको विद्यालयका प्रधानाध्यापक गोपालदत्त भट्टले बताउनुभयो ।

पानी नपरेका दिन विद्यालय भवनको अभावमा रुखको छहारीमा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेकोसमेत उहाँले बताउनुभयो । विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयलगायतका सरोकारवाला निकायसँग पटकपटक आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको विद्यालयले जनाएको छ ।

विद्यालयमा ३७६ जना अध्ययनरत छन् भने उनीहरुलाई उचित कक्षाकोठाको व्यवस्था नहुँदा शिक्षण कार्य प्रभावित भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी