नेपाल र चिनबिच ११ बुदे सहमतीमा आज औपचारीक हस्ताक्षर हुदै

नेपाल र चिनबिच ११ बुदे सहमतीमा आज औपचारीक हस्ताक्षर हुदै

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,१९ कात्तिक ।

नेपाल र चिनबिच बिभिन्न नाकाको ब्यापारीक मार्गमा सहजता र नेपाली बस्तुमा चिनिया पक्षले दिने छुट निर्णयको कार्यान्वय लगायत ११ बुदे सहमतीमा आज औपचारीक हस्ताक्षर हुने भएको छ ।

दुइ मुलुकका भन्सार अधिकारीबिच मंगलबार सुरु २८ औ उच्चस्तरीय बार्तामा तातोपानी र केरुङ नाका बाहेक मुस्तान , हुम्लाको एरिङ ,संखुवासभाको किमाथान्का, ताप्लेजुङको ओलाङचुगोला , गोरखाको लार्के , दोलखाको लामाबगरमा र मुगु नाकामा ब्यापारीक मार्ग सहज बनाउने सहमती भएको थियो ।

चिनले बिभिन्न नेपाली बस्तुलाई भन्सारमा दिदै आएको छुट कार्यान्वयन गर्ने बिषयमा पनि लिखित सहमती हुने बार्ता टोलीका सदस्य एबम भन्सार बिभागका प्रबक्ता सुर्य सेढाइले जानकारी दिनुभयो ।

अहिले संचालनमा रहेको रसुवाको केरङ नाकाको स्तरउन्नती सडक मर्मत पछि तातोपानी नाका पनि छिटटै संचालनमा ल्याउने बिषयमा सहमती भएको छ । यस्तै रसुवागढी केरुङ नाकालाई अन्तराष्ट्रिय स्तरको बनाउने दुइ मुलुकबिच सहमती भएको सेढाइले बताउनु भयो ।

राजधानीको एक होटेलमा साझ ५ बजे हुने सहमती पत्रमा भन्सार बिभागका उपमहानिर्देशक तथा नेपाली बार्ता टोली संयोजक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ उले हस्ताक्षर गर्नुहुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी