काठमाण्डौ,१९ कात्तिक ।
चीनले अनुदानमा दिएको थप २४ ट्यांकर पेट्रोल आज काठमाण्डौ आइपुग्ने भएको छ । पेट्रोल बोकेका ती ट्यांकरहरु रसुवागढी नाकाबाट नुवाकोट हुँदै काठमाडौं आइपुग्ने नेपाल आयल निगमले जनाएको छ ।
गत शनिवारदेखि तीन दिनको अवधिमा केरुङवाट एकसय मेट्रिक टन पेट्रोल ल्याएर निगमले काठमाडौको थानकोट भण्डारणस्थलमा राखेको छ ।
चीनसँग रसुवागढी नाकाबाट इन्धन आपुर्ती गर्ने समझदारी भएपछि केरुङबाट रसुवागढी नाका हुँदै यसअघि नै १५ ट्यांकरमा एकसय मेट्रिक टन पेट्रोल नेपाल भित्रिसकेको छ ।
चीनले अनुदानमा दिएको एकहजार मेट्रिक टन पेट्रोल अर्को सातासम्म नेपाल ल्याइसकिने आयल निगमका प्रबक्ता दिपक बरालले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline