काठमाडौं,१९ कात्तिक ।
निजी सवारी साधनले आजबाट पेट्रोल पाउने भएका छन । नेपाल आयल निगमका अनुसार काठमाण्डौ उपत्यकामा आज १ देखि ३० लटसम्मका गाडीलाई विभिन्न ५० वटा निजी पम्पबाट पेट्रोल बितरण गरीदैछ ।
आज , भोली र शनिबार निजी सवारी साधनलाई पेट्रोल बितरण गरीने आयल निगमका प्रबक्ता दिपक बरालले जानकारी दिनुभयो । निगमले पेट्रोल दिने पम्पहरुको सूची हिजो नै सार्वजनिक गरेको छ ।
पेट्रोल दुई पाँग्रे र चार पाँग्रे निजी गाडीले मात्र पाउनेछन। मोटरसाइकललाई ५ लिटर र चारपाङग्रे गाडीलाई १० लिटर पेट्रोल दिइने प्रबक्ता बरालले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline