तीन दल बैठक बिनानिष्कर्ष सकियो

तीन दल बैठक बिनानिष्कर्ष सकियो

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १८ कात्तिक । तराई–मधेसमा मधेस केन्द्रित दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।

बैठकमा विनाशकारी ‘गोरखा भूकम्प’पछिको पुनःनिर्माण प्राधिकरण गठन गर्ने विषयमा पनि छलफल भएको थियो । अघिल्लो सरकारले पुनःनिर्माण प्राधिकरण अध्यादेश ल्याए पनि त्यसको अवधि सकिएपछि पुनः निर्माणका कामले गति पाउन सकेको थिएन । यसबारे सरकारले संसद्मा नयाँ विधेयक ल्याउनुपर्नेछ । गत वैशाख १२ को विनासकारी भूकम्पपछि सो प्राधिकरण गठनमा तीन दलबीच विगतमा सहमति भएको थियो ।
सरकारले राष्ट्रिय महत्वका सवालमा प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि छलफल गर्दै जाने क्रममा बैठक गरिएको र आगामी दिनमा पनि यस्ता छलफल कायम राख्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
नयाँ सरकार बनेपछि राजनीतिक समस्या समाधानबारे आज पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी