काठमाण्डौ,१८ कात्तिक ।
आन्दोलनरत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालमाथि भारतले मात्र नभई अब अन्य राष्ट्रले पनि नाकाबन्दी गर्नुपर्ने बताउनु भएको छ ।
बाराको सिमरामा संचारकर्मीसंग कुरा गर्दै महतोले आफ्नै देश र नागरिकप्रति नाकाबन्दीको माग गर्नुभएको छ । उहाले वीरगञ्जको घटनासँगै सरकारसँग वार्ताको औचित्य सकिएको पनि बताउनु भयो ।
बाराको जितपुरमा सवारी साधन तोडफोडको आरोपमा पक्राउ परेकाहरुलाई भेटन इलाका प्रहरी कार्यालय सिमरा पुग्नु भएका उहाले मधेशी मोर्चाको आन्दोलनले मात्र सरकार नगलेकाले विश्वले नै नेपालमा नाकाबन्दी गर्नपुर्ने टिप्पणी गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline