योजना आयोगको उपाध्यक्षमा डा खतिवडा नियुक्त

योजना आयोगको उपाध्यक्षमा डा खतिवडा नियुक्त

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १८ कात्तिक । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेलले जानकारी दिनुभयो ।

डा खतिवडाले यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नर पदसमेत सम्हालीसक्नु भएको छ ।

बैठकले मङ्गलबार रसुवाको राम्चेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनामा परी करिब ३६ जनाको मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए ।

उहाँका अनुसार बैठकले घाइते भएकाहरुको उपचारको उचित प्रबन्ध मिलाउन सम्बिन्धित निकायलाई निर्देशनसमेत दिएको छ । घाइतेको काठमाडाँै र नुवाकोटका अस्पतालहरुमा उपचार भइरहेको छ ।

त्यसैगरी तराईमा जारी आन्दोलनमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक थमन विक, प्रहरी हवल्दार देवबहादुर पाण्डे र सशस्त्र प्रहरी हवल्दार काशीराज कामीका परिवारलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको छ ।

विसं २०७२ भदौ १८ गते बर्दियाको मैनापोखरीमा कर्तव्य पालनका क्रममा आन्दोलकारीको आक्रमण परी मृत्यु भएका प्रहरी हवल्दार पाण्डेको मृत्यु भएको थियो ।

त्यस्तै नवलपरासीको कुस्माको बेलासपुर चोकमा २०७२ साउन ३२ गते हिंसात्मक आक्रमणमा परी सशस्त्र प्रहरी हवल्दार कामी र भदौ २२ गते महोत्तरी जिल्लाको जलेश्वर चोकमा संयुक्त मधेसी मोर्चाको आह्वान गरेको बन्दको क्रममा आक्रमणकारीको साङ्घातिक आक्रमणमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक विकलाई उपचारको क्रममा एम्बुलेन्ससमा लैजाने क्रममा महोत्तरी जिल्लाको सोनुखडा भन्ने स्थानमा आक्रमणकारीले एम्बुलेन्सबाट नियन्त्रणमा लिई हत्या गरेका थिए ।

बैठकले नेपाल गुणस्तर परिषद्को पुनर्गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी अस्ट्रेलियाको भियनामा नोभेम्बर ३० देखि डिसेम्बर ४ तारिखसम्म हुने संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन(युनिडो) सम्मेलनको १६औँ सत्रमा उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई सहभागी हुन स्वीकृत गरेको छ ।

संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको आरोहण सलामी दस्तुर तथा फोहोरमैला व्यवस्थापन धरौटी मिनाहा गर्ने प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी