काठमाण्डौ,१८ कात्तिक ।
सरकारले नेपाल राष्ट्र वैंकका पूर्वगभर्नर डा.युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले पुर्वगभर्नर खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रबक्ता अग्नि खरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले मधेसी मोर्चाको माग बमोजिम मधेस आन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाई १० लाख रुपैया क्षतिपूर्ति दिने निर्णय गरेको छ । यस्तै रसुवाको राम्चेमा दुर्घटनामा परि विभिन्न अस्पतालमा उपचारार्थ घाइतेहरुलाई निशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
वर्दियाको मैनापोखरीमा भदौ १८ गते शान्ति सुरक्षामा खटिएका बेला आन्दोलनकारीको आक्रमणबाट मुत्यु भएका प्रहरी हवल्दार टेक वहादुर पाण्डेको परिवारलाई १० लाख रुपैया दिने निर्णय पनि प्रबक्ता खरेलले जानकारी दिनुभयो।