रसुवामा भएको दुर्घटनामा मुत्यु भएका १८ जनाको पहिचान

रसुवामा भएको दुर्घटनामा मुत्यु भएका १८ जनाको पहिचान

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,१८ कात्तिक ।

रसुवामा हिजो दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये अहिलेसम्म १८ जनाको सनाखत भएको छ ।

प्रहरी नायब उपरीक्षक अवधेश विष्टका अनुसार सनाखत हुनेमा रसुवा हाकु–८ का ३४ वर्षीय बुद्धिबहादुर तामाङ र ४५ वर्षीय रिसाङ तामाङ, नुवाकोट गेर्खु–८ का २३ वर्षीय विष्णुप्रसाद घिमिरे, चिलिमे–६ का १९ वर्षीय पासाङछिरिङ तामाङ, रसुवा श्रमथली–८ का २८ वर्षीय सुवासकर्म लामा, घोर्ले–७ की ५५ वर्षीया बाटुली तामाङ, घोर्ले–४ की ५५ वर्षीया सोममाया थिङ, २२ वर्षीय लालकाजी तामाङ, ५५ वर्षीय शान्तिमाया थिङ, नुवाकोट जिल्ला चारघरे–५ बस्ने २८ वर्षीय रामजी भनिने भूमिनन्द रिजाल छन् ।

त्यस्तै चारघरे–४ का २९ वर्षीय दुर्गाप्रसाद भट्ट, रसुवा धैबुङ–९ की ४४ वर्षीया चरीमाया लो, १९ वर्षीय दिनेश मोक्तान, २६ वर्षीया इन्दिरा तामाङ, गोल्जुङ–३ का ३८ वर्षीय मेङ्दो साङ्मु, २३ वर्षीय छेवाङ घले, रसुवा चिलिमे–२ का ४० वर्षीय ल्ह्लाक्पा तामाङ र चिलिमे–१ का ल्ह्लाक्पा छोमो तामाङ रहेका छन् ।

रसुवाको राम्चे–३ ग्राङ भिरमा ना३ख ५७०६ नंको यात्रुबस सडकबाट करिब ५०० मिटर तल पुगी दुर्घटना हुँदा घटनास्थलमा नै २९, धुन्चे अस्पतालमा एक बालक, त्रिशूली अस्पतालमा पाँच र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ५० जनामध्ये त्रिशूली अस्पतालमा पाँच, धुन्चे अस्पतालमा पाँच र अन्य ४० जना यात्रुको त्रिवि शिक्षण र वीर अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेका धेरैजसोको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी