काठमाण्डौ,१८ कात्तिक ।
झापाको लखनपुरमा सवारी दुर्घटना हँुदा एकको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन ।
गौरीगन्जबाट दमकतर्फ एकै दिशाबाट आउँदै गरेको ट्याक्टरलाई यात्रुवाहक बसले उछिन्ने क्रममा ठक्कर दिँदा ट्याक्टरमा सवार गौरीगन्ज–८ का २५ वर्षीय टेकेन्द्र गड्तौलाको घटनास्थलमै मृत्यु भएको हो ।
मे १ त ४५४३ नम्बरको ट्याक्टरलाई मे.१ ख. १८२६ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको इलाका टा«फिक प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक शिवनारायण दनुवारले बताउनुभयो ।
दुर्घटनामा परेर घाइते भएका ट्याक्टरका चालक गौरीगन्ज–८ बस्ने अर्जुन पासवान, सोही वडा बस्ने २० वर्षीय राम माझी र २० वर्षीय लक्ष्मण माझीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई नियन्त्रण लिएको टा«फिक प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline