काठमाण्डौ,१८ कात्तिक ।
सोमबारबाट वीरगन्जमा लगाउँदै आएको अश्चितकालिन कर्फ्यु आज ३ घण्टाका लागि खुलाएको छ । सुरक्षा संवेदनशीलताका कारण सोमबारदेखि लगाइएको कर्फयु बिहान ८ बजेबाट ११ बजेसम्मका लागि हटाइएको स्थानिय प्रशासनले जनाएको छ ।
स्थिति तनावपूर्ण बनेपछि पर्सा प्रशासनले बीरगन्जको मितेरी पूलदेखि उत्तर तर्फ पर्साको सिमानासम्मको मुख्य सडक, बाइपास सडकखण्ड, पावर हाउस चोकदेखि राधेंमाई सडकखण्ड र बीरगन्ज बजारमा कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रशासनले कर्फ्यु खुलाएसंगै बिहानैदेखि बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ । मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेका त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline