औषधिको आपूर्ति गराउन ध्यानाकर्षण

औषधिको आपूर्ति गराउन ध्यानाकर्षण

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,१८ कात्तिक । 

मधेसी मोर्चाले आह्वान गरेको बन्द र सीमा क्षेत्रमा भारतको अघोषित नाकाबन्दीले मौज्दात औषधि सकिएकाले औषधि व्यवसायी सङ्घ कोसी अञ्चलले मोरङका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

विराटनगर–१० स्थित अस्पताल चौकमा औषधि व्यवसाय भेला भई कोसी अञ्चल अध्यक्ष लक्ष्मण माझीको नेतृत्वको टोलीले हिजो जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई औषधिको सहज आयातको व्यवस्था मिलाइदिन ज्ञापनपत्र बुझाउँदै अनुरोध गरेको छ ।

औषधि व्यवसाय सङ्घका केन्द्रीय सदस्य लक्ष्मी तिम्सिनाले औषधिजस्तो अति आवश्यक वस्तु उपलब्ध नहँुदा आफूहरु चिन्तित रहेको बताउँदै आकस्मिक घटनाका बिरामीका लागि चाहिने मौज्दात औषधि पूर्णरुपमा सकिएको र आपूर्ति सहज गराइदिन माग गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ कार्कीले औषधिजस्तो अति आवश्यकीय वस्तु सहज आपूर्ति गराउन वैकल्पिक मार्गको व्यवस्था गर्न औषधि व्यवसायलाई आग्रह गर्नुभयो रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी