तीन हजार १३७ घरपरिवारलाई खानेपानीको सुविधा

तीन हजार १३७ घरपरिवारलाई खानेपानीको सुविधा

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ,१८ कात्तिक ।

पाल्पाको रामपुर नगरपालिकाभित्रका तीन हजार १३७ घरपरिवारले खानेपानीको सुविधा पाउने भएका छन ।

रामपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको झन्डै ८४ प्रतिशत काम पूरा भइसकेको र पुससम्म उपभोक्ताले खानेपानी प्रयोग गर्न पाउने उपभोक्ता समितिका अध्यक्ष कमल भट्टराईले बताउनुभयो ।

एसियाली विकास बैंकको करिव रु २४ करोड ३४ लाखको आर्थिक सहयोगमा सञ्चालित आयोजनाको निर्माण सुरु गरिए पनि निर्माण पक्षको ढिलाइका कारण आयोजनाको लागतसमेत बढेको छ ।

विसं २०७० साउन ३१ गतेदेखि सञ्चालित आयोजनाकोे २०७२ पुससम्म सम्पन्न गर्ने गरी थप रु दुई करोड बजेटसमेत थपिएको अध्यक्ष कमल भट्टराईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी