एमालेबाट मन्त्री चयनको जिम्मा अध्यक्ष तथा प्रम ओलीलाई

एमालेबाट मन्त्री चयनको जिम्मा अध्यक्ष तथा प्रम ओलीलाई

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १७ कात्तिक । नेकपा (एमाले) को स्थायी समितिको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मा दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज राति ९ः३० बजेसम्म बसेको बैठकले योग्यता, क्षमता तथा तराई, मधेस, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार आवश्यक परेमा अन्य नेतासँग परामर्श गरी अध्यक्ष तथा प्रम ओलीले सम्भवतः बुधबार नै मन्त्रिमण्डल विस्तार गर्नुहुनेछ । एक उपप्रधानमन्त्री र अर्थ, रक्षा, सञ्चारलगायत केही महत्वपूर्ण मन्त्रालयमा एमालेले जिम्मेवारी पाउने गठबन्धनमा सहमति भएपनि एमालेले निर्णयमा ढिलाइ गरेको थियो ।

बैठकले विगतमा जस्तो मन्त्री चयन र हटाउने क्रममा देखिएको गल्ती नगरी अध्यक्षले विवेक र न्यायका आधारमा वर्तमान चुनौतीको सामना गर्नसक्ने, पार्टीप्रति बफादार, इतिहास बोकेका तथा राम्रा मध्ये राम्रो व्यक्ति पर्ने र आन्तरिक एकतालाई अझ सुदृढ हुनेगरी मन्त्री चयनका लागि स्थायी समितिले अधिकार दिएको हो । एमालेका भागमा आठ मन्त्रालय पर्ने बुझिएको छ ।

एमालेले हाल कानुनमन्त्रीका रुपमा अग्नि खरेललाई जिम्मा दिइसकेको छ भने सत्यनारायण मण्डललाई विना विभागीय मन्त्री बनाएको छ । अन्य मन्त्री चयन हुन बाँकी छ । स्थानीय विकास मन्त्रालयमा एमाले र राप्रपा (नेपाल) दुवैको दाबी छ ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा असन्तुष्ट भई मधेसी दलले गरेको आन्दोलन, भारतद्वारा गरिएको सीमा अवरोध र इन्धन अभावबारे मुलुक र जनताको स्वाभिमानको रक्षार्थ डटेर लाग्ने अठोट व्यक्त गर्नुभएको थियो ।

उहाँले नेपालीको शिर ठाडो पार्ने गरी सरकार अघि बढ्ने र यस क्रममा भारतको अघोषित नाकाबन्दीलाई अन्तर्राष्टियकरण गर्ने, सीमा नाका खुलाउन राज्यका सबै शक्ति परिचालन गर्ने, इन्धन आपूर्तिमा एक मुलुकको मात्र भन्दा अन्य मुलुकसँगको कारोबारका विकल्पलाई पनि ढोका खुल्ला गर्ने, दीपावली, छठ पर्वका अवसरमा विद्युत्भार कटौती नगर्ने तयारी भएको बैठकलाई अवगत गराउनुभएको र बैठकले त्यसमा समर्थन गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी