पेट्रो चाइनालाई नेपाल आयल निगमको औपचारिक निम्तो

पेट्रो चाइनालाई नेपाल आयल निगमको औपचारिक निम्तो

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ, १७ कार्तिक ।

नेपाल आयल निगमले चाइना नेशनल पेट्रोलियम कर्पोरेनश (पेट्रो चाइना) लाई नेपाल आउन औपचारिक निम्तो पठाएको छ । साथै पूर्व समझदारी अनुसार व्यवसायिक प्रयोजनका लागि नेपालमा तेल आपूर्ति गर्दा पर्ने मूल्यबारे समेत प्रस्ताव माग गरेको छ ।

आगल निगम र पेट्रो चाइनाबीच तेल आपूर्तिबारे अघिल्लो साता मात्र समझदारीमा हस्ताक्षर भएको थियो । तर, नेपाल फर्किएपछि आयल निगमले चिनियाँ पक्षलाई पत्र पठाउन आलटाल गरेपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टीमले बालुवाटारमा छलफल गरेको छ ।

बालुवाटारको छलफल लगतै आयल निगमले तेलको मूल्य प्रस्ताव माग गर्दै पेट्रो(चाइना कम्पनीलाई आधिकारिक पत्र लेखेको छ ।

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले मूल्यबारे स्पष्ट भएर नेपालमा छलफलका लागि आउन चिनियाँ पक्षलाई आमन्त्रण पनि गरिएको जानकारी दिनुभयो । उहाका अनुसार चिनियाँ टोली ब्यापारिक सम्झौताका लागि नोभेम्बर महिना भित्रै काठमाडौं आइपुग्न सक्नेछ ।

पेट्रो चाइनाको टोलीसँगको छलफलपछि चीनसँग कति परिमाणमा इन्धन किन्ने, कति मूल्य पर्ने लगायत सबै प्राविधिक विषय टुंगो लाग्ने खड्काले बताउनुभयो । बेइजिङमा हस्ताक्षर भएको समझदारी पत्रमा नेपालको मागको ३३ प्रतिशतसम्म इन्धन चीनबाट ल्याउन सक्ने उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी