काठमाडौं, १७ कार्तिक ।
भाडावाला सरोकार समाज, नेपालले विनासकारी भुकम्प र भारतको अघोषित नाकाबन्दीको मारमा परेका भाडामा बस्ने नागरिकहरुको समस्या तत्काल समाधान नगरे तिहारपछि आन्दोलन थाल्ने भएको छ ।
आज रिपोर्टर्स क्लबले गरेकोा पत्रकार सम्मेलनमा समाजका अध्यक्ष विष्णु जंग बस्नेतले गरेर भुकम्पमा घरभेटीले क्षतिपूर्ति पाएपनि लाखौको संख्यामा भाडामा बस्ने नागरिकले क्षतिपूर्ति नपाउँदा संकटमा रहेको बेला नाकाबन्दीले तेल र ग्यास नपाएको अवस्थामा घरभेटीले समेत कोठमा दाउरा लगायतका बैकल्पिक ईन्धन प्रयोग गर्न नदिदा समस्या विकाराल बनेको बताउनुभयो ।
यो समस्या तत्काल समाधान गरेर भाडावालाहरुको बाच्ने अधिकार सुनिश्चित नगर्ने हो भने कडा आन्दोलनमा उत्रने चेतावनी दिए। उनले यसकालागि सबै भाडावालाहरुलाई एक हुन आब्हान समेत गर्नुभयो ।
समाजले ग्यास र तेलसहितका आवश्यक दैनिक सामग्रीको तत्काल प्रवन्ध मिलाउन, भाडावालालाई हिटर, स्टोभ र आगो बाल्न नदिने घरभेटीलाई कारवाही गर्नु पर्ने, भाडावालाको लागि सामूहिक भोजनको ब्यवस्था गर्नु पर्ने, कालोबजारी गर्नेलाई कारवाही गर्नु पर्ने, भुकम्प पिडित डेरावालालाई क्षतिपूर्ति दिनुपर्ने, भाडाबाल आयोग गठन गर्नु पर्ने, संविधान संसोधन गरेर भाडावालाको हक संरक्षण गरिनु पर्ने, तीन महिनाको शिक्षा शुल्क र ब्याज मिनाहा गर्नु पर्ने माग अघि सारेको छ ।