बाबुराम निकट एकीकृत माओवादीका ४५ केन्द्रीय नेताको सामूहिक राजीनामा

बाबुराम निकट एकीकृत माओवादीका ४५ केन्द्रीय नेताको सामूहिक राजीनामा

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १७ कार्तिक ।

पूर्व नेता डा. बाबुराम भट्टराई समर्थक ४५ जना केन्द्रीय नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

अहिलेको राजनीतिक संकट परम्परागत शक्तिबाट हल नहुँने तथा देशलाई आर्थिक समृद्धिको दिशामा लैजान नयाँ वैकल्पिक शक्तिको आबश्यकता रहेको भन्दै उनीहरुले एकीकृत माओवादी हेडक्वाटर पेरिसडाँडामा पुगेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्र बुझाउनुपूर्व उक्त टोलीले हिजो विहान देखि तीनकुनेस्थित झिल्को रेष्टुरेन्टमा बसेर छलफल गरि राजीनामा पत्र तयार पारेका थिए ।

उक्त राजीनामा पत्र पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव हितराज पाण्डेलाई बुझाइएको हो । पौडेलले मुख्य सचिवलाई पत्र दिएपछि पार्टी अध्यक्षलाई जानकारी गराउन आग्रह गरेका थिए ।

यस अघि गत २३ गते बाबुराम नजिक मानिएका एकीकृत माओवादीका तीस केन्द्रीय सदस्यले विज्ञप्ती निकालेर केपी ओलीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णयको विरोधमा विज्ञप्ती जारी गरेका थिए ।

एमाओवादी परित्याग गर्नेमा देवेन्द्र पौडेल, हिसिला यमी, रामचन्द्र झा, नवराज सुवेदी, रामरिझन यादव, गंगा श्रेष्ठ, खिमलाल देवकोटा, रामकुमार शर्मा लगायत छन् ।

बाबुरामले एमाओवादी त्याग गरेपछि उनी निकट मानिएका एमाओवादीका नेताहरु पार्टी काममा भन्दा पनि भट्टराईकै काममा व्यस्त देखिएका थिए । एकीकृत माओवादीमै रहेर नयाँ शक्तिको लविङ गर्दा नैतिक प्रश्न उठेको भन्दै उनीहरुले सामुहिक राजीनामा बुझाएका हुन ।

बाबुराम नजिक मानिएका केही केन्द्ीय नेताहरुले भने राजीनामा दिएका छैनन् । पार्टी सचिव एवम् संसदीय दलका उप नेता टोपबहादुर रायमाझीसहितका नेताहरु सामूहिक राजीनामा दिन तयार भएनन् ।

रायमाझीबाहेक भट्टराई नजिक मानिएका सुदुरपश्चिमका केन्द्रीय सदस्यद्धय खगराज भट्ट र देवराज रेग्मीले पनि राजीनामा दिएका छैनन् । उनीहरुले भट्टराईको नयाँ शक्तिमा जान नसकिने बताएका छन् ।

सभासद्हरुले पनि राजीनामा गरेका छैनन् । डा.बाबुराम भट्टराईले एमाओवादी पदत्यागको ३८ दिनपछि उनका समर्थक नेताहरुले पार्टी परित्याग गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी