काठमाडौं १७ कार्तिक ।
भारतले विना बर्दीको सेना नेपाल पठाउन लागेको भन्दै विना विभागीय मन्त्री सत्यनारायण मण्डलको अभिव्यक्तिको काठमाडौंस्थित भारतीय दूताबासले खण्डन गरेको छ ।
एमाले नेता समेत रहेका मण्डलले हिजो बिराटनगरमा भारतले अहिले सेना पठाउन नसक्ने भन्दै विना बर्दीको सेना नेपाल पठाउन खोजेको र त्यो निकै खतरनाक हुने बताउनु भएको थियो ।
काठमाडौंस्थित भारतीय दूताबासले आज विज्ञप्ति निकालेर मन्त्री मण्डलको अभिव्यक्ति निराधार भएको बताएको छ । मन्त्री मण्डलको अभिव्यक्तिको निन्दा गर्दै भारतीय दूताबासले जिम्मेवार व्यक्तिहरुलाई नेपाल र भारतको सदियौं पुरानो सम्वन्धमा नकारात्मक असर पर्ने खलका अभिव्यक्ति नदिन समेत आग्रह गरेको छ ।
भारतसँगै नेपालमा शान्ति, स्थिरता र सम्बृद्धिको पक्षमा रहेको दूताबासले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline