भट्टराई निकट नेताहरु सामूहिक राजिनामा दिंने तयारीमा

भट्टराई निकट नेताहरु सामूहिक राजिनामा दिंने तयारीमा

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,१७ कात्तिक ।

पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई निकट मानिने एकीकृत नेकपा माओवादीमा रहेका नेताहरुले आज औपचारिक रुपमा पार्टी परित्याग गर्ने भएका छन ।

नया पाटी निमार्ण अभियानमा रहेका भट्टराईसंग जोडिने निर्णय गरेका उनीहरुले आज सामूहिक राजिनामा दिने तयारी गरेका छन ।

भट्टराई निकट मानिने एमाओबादी नेता खिमलाल देवकोटाका अनुसार आज पार्टीबाट अलग भएको घोषणासहितको पत्र पार्टी अध्यक्ष प्ुष्पकमल दाहा ललाई बुझाइने तयारी छ ।

भट्टराई निकट मानिने नेताहरुमा देवेन्द्र पौडेल, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी, प्रभु साह, रामचन्द्र झा, रहेका छन । यस्तै रामरिजन यादव, महेन्द्र पासवान, कुमार पौडेल, खिमलाल देवकोटा, भक्तबहादुर शाह, बलावती शर्मा, देवी खड्का, कल्पना धमला पनि छन ।

यसअघि हिजो सानेपास्थित भट्टराई निवासमा बसेको बैठकपछि उनीहरुले औपचारिक रुपमा पार्टीमा राजिनामा पत्र बुझाउने निर्णय गरेका स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी