वन क्याम्पसमा विद्यावारिधिको पढाइ सुरु

वन क्याम्पसमा विद्यावारिधिको पढाइ सुरु

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,१७ कात्तिक ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले वन विज्ञान संकायमा विद्यावारिधिको पढाइ सुरु गरेको छ । विसं २०६७ असार ३ गते स्थापना भएको विश्वविद्यालयले कृषि र भेटेनरीमा यसअघि नै विद्यावारिधिको पढाइ गर्दै आएको थियो ।

विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका उपनिर्देशक डा बलराम भट्टका अनुसार वन क्याम्पस हेटौँडामा यसै शैक्षिकसत्रबाट वनमा विद्यावारिधिको पढाइ सुरु गरिएको हो ।

विश्वविद्यालय स्थापनासँगै दुई वर्ष्भित्र स्नातक, तीन वर्ष्भित्र स्नातकोत्तर र चार वर्ष्भित्र विद्यावारिधिको पढाइ थाल्ने लक्ष्यअनुरुप पढाइ थालिएको विश्वविद्यालयका रजिस्टार प्रा डा सूर्यकान्त घिमिरेले बताउनुभयो ।

यसअघि हेटौँडामा रहेको त्रिभुवन विश्वविद्यालयको वन सङ्कायको डिनको कार्यालय पोखरा सारेपछि सो स्थानबाट क्याम्पस नै हट्ने हो कि भन्ने चिन्तामा रहेका मकवानपुरवासीका लागि विद्यावारिधिको समेत पढाइ सञ्चालन गरेपछि उत्साह थपेको स्थानीयवासीसमेत रहनुभएका उपनिर्देशक भट्टले बताउनुभयो ।

स्नातक र स्नातकोत्तर अध्ययन गरेपछि नेपालमा धेरैले पढ्न नपाउँदा विद्यावारिधि गर्न अधिकांश बाह्य मुलुक जाने गरेका थिए । नेपाली भूमिमा नै रहेर विद्यावारिधि गर्दा गरिने अनुसन्धान व्यावहारिक हुने हुँदा पनि यस कार्यक्रमको महत्व बढिरहेको उपनिर्देशक भट्टको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी