पेट्रोल बोकेका १२ ट्यांकर काठमाडौं आइपुगे

पेट्रोल बोकेका १२ ट्यांकर काठमाडौं आइपुगे

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, १६ कार्तिक ।

चीनले अनुदानमा दिएको पेट्रोल बोकेका ट्यांकर साँझ काठमाडौं आइपुगेका छन् ।

रसुवाको धुन्चेबाट काठमाडौं आएका १२ ओटै ट्यांकरले ल्याएको पेट्रोल थानकोट डिपोमा खन्याइने छ । यस्तै, सोमबारै काठमाडौंबाट गएका थप तीनओटा ट्यांकर पनि ३४ हजार लिटर पेट्रोल भरेर रसुवागढी आइपुगेका छन् ।

चीनले नेपाललाई दिएको अनुदानको १३ लाख लिटर पेट्रोलमध्ये १ लाख ३२ हजार लिटर पेट्रोल नेपाल भित्रिसकेको छ भने ३४ हजार लिटर आउने क्रममा छ । सोमबार रसुवा भन्सार र नेपाल आयल निगमबीच कुरा नमिल्दा ट्यांकर सोमबार दिनभर रसुवाको टिमुरेमै अड्किएका थिए ।

उता, चीनसम्म पुगेर पेट्रोल लिएर आएका चालकहरुले नेपालतर्पmको बाटो अप्ठेरो भएकाले तत्काल सुधार गर्नुपर्ने बताएका छन् । रसुवागढीबाट पारी चीनतर्पmको बाटो भने निकै राम्रो रहेको उनीहरुले बताएका छन् ।

चीनबाट पेट्रोल लिएर आएका गाडीहरुलाई नुवाकोट र धादिङमा सर्वसाधारणले स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी