वीरगन्जमा मृत्यु भएका भारतीय नागरिकको शव आफन्तले पुष्टि गरे

वीरगन्जमा मृत्यु भएका भारतीय नागरिकको शव आफन्तले पुष्टि गरे

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १६ कार्तिक ।

प्रहरीको गोली लागेर वीरगन्जमा एक भारतीय नागरिकको मृत्यु भएको भएको छ । मृतकका बाउ आमाले अस्पतालमै पुगेर शब पहिचान गरेका हुन ।

नेपाल–भारत सीमाना मितेरी पुलमा मधेशी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गरेपश्चात स्थिति नियन्त्रणमा लिने क्रममा भएको झपडमा परी वीरगंज उपमहानगरपालिका–११ बस्ने भारतीय नागरिक २५ वर्षीय आषिशकुमार रामको मृत्यु भएको हो ।

झडपमा गोली लागेर घाइते भएका रामको नारायणी उप–क्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदर्शनकारीले सीमास्थित माइती नेपालको कार्यालय र इनर्वा प्रहरी चौकीमा आगजनी गरेपछि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिन प्रयास गर्दा प्रदर्शनकारीहरु थप आक्रामक भएपछि प्रहरीले बल प्रयोग गर्दा भएको झडपमा रामलाई गोली लागेको थियो ।

त्यस्तै प्रदर्शनकारीको ढुङ्गा लागेर ६ जना प्रहरी कर्मचारी घाइते भएका छन् । उनीहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने प्रदर्शनकारीतर्फ घाइते भएका ८ जनाको नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटेपछि अहिले स्थिति सामान्य रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी